आइतबार, जेठ ३, २०८३

नबिल बैंक र आइएमई मोटर्सबीच कर्जासम्बन्धी सम्झौता

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

National life

काठमाडौं- कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सिइओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन्। ग्राहकले सो अफरअन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन्।

अशोक लेल्यान्ड ब्रान्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ।
 

प्रकाशित: Mar 23, 2023| 20:00 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्