आइतबार, जेठ ३, २०८३

बिवाइडीको गाडी किन्न प्रभु बैंकको सहुलियत ऋण

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

National life

काठमाडौं- विद्युतीय गाडी बिवाइडी खरिद गर्न प्रभु बैंकसँग साझेदारी भएको छ। बावाइडी अटो इन्डष्ट्रिज कम्पनीको नेपाली बिक्रेता साइमेक्स इंक प्रालिसँग सहज फाइनान्सिङका लागि प्रभु बैंकको साझेदारी भएको हो।

बिवाइडी ब्राण्डका सवारीसाधन खरिद गर्न सजिलो हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सहकार्यपछि बैंकले गाडी मूल्यको ८० प्रतिशतसम्म ऋण दिने छ। बाँकी २० प्रतिशत भने ग्राहक आफैंले डाउनपेमेन्ट गर्नुपर्छ। ऋण ५ वर्षका लागि उपलब्ध हुनेछ। बैंकका देशभरका शाखाबाट ऋण उपलब्ध हुने छ।

बैंकसँगको साझेदारीपछि बिवाइडी एट्टो थ्री १२ लाख ९८ हजारको डाउनपेमेन्टमा उपलब्ध हुन्छ। यसको मूल्य ६४ लाख ९० हजार रुपैयाँ हो। न्यू इसिक्सको मूल्य ५९ लाख रुपैयाँ छ। ११ लाख ८० हजारको डाउन पेमेन्टमा यो गाडी लिन सकिन्छ।
 

प्रकाशित: Mar 23, 2023| 19:00 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्