बिहीबार, जेठ १८, २०८०

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्- विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

Everest Bank

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन्। ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमान्‌को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे।

‘दर्शकले विश्वास गर्नुहुन्न कि? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भनेजस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिएँ’, अभिनेता कार्कीले भने। यद्यपि निर्माण भएको उक्त चरित्र ‘फूलबारी’मा प्रस्तुत गरे। अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे।

चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो। ‘चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन। दर्शक पनि बिस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ।’

उनले प्रदर्शनका क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन्। ‘प्रसाद’कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए। ‘नामको विश्वास धान्ने काम गरेका छौँ। पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ’, उनले भने।

National life insurance
Metro Mart

जातीय विभेद र महिलालाई हुने दुर्व्यवहारका घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन्। सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय छ।

प्रकाशित: Mar 23, 2023| 02:16. 00 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...