आइतबार, जेठ ३, २०८३

परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल चुनिए

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानबमोजिम अग्रवालले दुई महिनामै परिसंघको नेतृत्व सम्हाल्नेछन्।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

National life

काठमाडौं– नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।

बिहीबार अग्रवाललाई परिसंघको गभर्निङ काउन्सिल बैठकले वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो। परिसंघमा वरिष्ठ उपाध्यक्षको आकांक्षी कृष्णप्रसाद अधिकारी पनि थिए। 

अग्रवाल दुई महिनामै परिसंघको अध्यक्ष बन्नेछन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। हाल परिसंघ अध्यक्षमा विष्णुकुमार अग्रवाल छन्। राजेशकुमार आरएमसी ग्रुपका कार्यकारी निर्देशक हुन्।

प्रकाशित: Mar 23, 2023| 12:43 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्