आइतबार, जेठ ३, २०८३

आठ महिनाको व्यापार घाटा साढे ९ खर्ब नाघ्यो

भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको हो।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा साढे ९ खर्ब पुगेको विवरण सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको हो।

National life

गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजारको व्यापार घाटा बेहोरेको थियो।

तथापि व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १७.८६ प्रतिशतले कमी आएको हो। आठ महिनामा कुल व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख बराबर भएको छ। सोही अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोडको आयात र १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७८÷७९ को तुलनामा चालू आवको आठ महिनामा कुल व्यापार २०.१४ प्रतिशतले घटेको छ। गत आवमा कुल १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको व्यापार भएको थियो। गत आवमा १३ खर्ब ८ अर्ब ७३ करोडको आयात भएकामा चालू आवको आठ महिनामा १९.१३ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो।

गत आवको आठ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोड बराबरको वस्तु निर्यात भएकामा चालू आवको आठ महिनामा २९.०७ प्रतिशतले घटेर १ खर्ब ४ अर्ब ७९ करोडको निर्यात भएको हो।

प्रकाशित: Mar 23, 2023| 11:14 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्