मंगलबार, वैशाख ३०, २०८२

मिडाससँगको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप

 |  बुधबार, चैत ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

vianetvianet

काठमाडौं- आईएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा  धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ।

triton college

यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन्।

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै  धेरै समय बचत गराउनेछ। सँगसँगै यो एपमार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिनेछ।

मिडास टेक्नोलोजीद्वारा विकसित मोबाइल एप सञ्चालनमा ल्याउँदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुनेछ। 
 

प्रकाशित: Mar 22, 2023| 22:00 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्