आइतबार, जेठ ३, २०८३

नबिल बैंकले निसानका गाडी किन्न कर्जा दिने

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- नबिल बैंकले नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको छ।

National life

निसान गाडीमा लगानी गर्नेसम्बन्धी दुई संस्थाबीच भएको सम्झौतामा बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पका सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार निसानका गाडी खरिद गर्न चाहने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्ने जनाइएको छ। निसानले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।  

यो सम्झौताले निसान गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको उल्लेख छ। यो कर्जा योजना नबिल बैंकका सबै अर्थात् देशभर रहेका दुई सय ४८ वटै शाखाबाट उपलब्ध हुने जनाइएको छ। योजनाअनुसार विद्युतीय गाडीका लागि बेस रेटमा तीन दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रदान गर्ने बैंकले जनाएको छ।

कर्जा अवधि सात वर्षको हुने र २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने कम्पनीले जनाएको छ। अहिले नबिल बैंकका देशभर रहेका दुई सय ४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन्। 
 

प्रकाशित: Mar 22, 2023| 21:30 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्