आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक र पेट्रोलियम डिलर्स एसोसिएसनबीच सम्झौता

माछापुच्छ्रे बैंक र पेट्रोलियम डिलर्स एसोसिएसनबीच सम्झौता

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

National life

सम्झौताअनुसार एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पोस र क्यूआरलगायतबाट डिजिटल भुक्तानी सरल र विश्वासिलो तरिकाले गर्न सक्ने बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले वातावरणमैत्री अर्थतन्त्र (ग्रिन इकोनमी)लाई टेवा पुर्याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए।

साथै, उनले वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको बताए। यस्तै, एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै दुई खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा राखे।

साथै, प्रधानले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एंव खरिद गर्ने क्रेता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसँगको सम्झौतापश्चात् सहज र सरलरुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको समेत बताए।

प्रकाशित: Mar 22, 2023| 20:00 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्