आइतबार, जेठ ३, २०८३

सीजी मोटर्सको 'स्वीच टु ईभी' क्याम्पेन

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

National life

काठमाडौं- नेपालमा नेटा भीका लागि आधिकारिक वितरक सीजी मोटर्सले ‘स्वीच टु ईभी’ एक्चेन्ज क्याम्प सुरू गरेको छ। कम्पनीले शुक्रबारसम्म सञ्चालन हुने गरी उक्त क्याम्प सुरू गरेको हो।

उक्त एक्चेन्ज क्याम्पमा ग्राहकले आफ्नो पुरानो कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ इलेक्ट्रिक कार नेटा भी साट्न सक्नेछन्। साथै ग्राहकले आफ्नो पुरानो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन्। कार्यक्रममा सहभागी ग्राहकहरूले फ्री–रिफ्रेस्मेन्टका साथै स्योरसट गिफ्ट ह्याम्पर समेत पाउने छन्।

आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर लोडेड नेटा भीमा क्लास लिडिङ १७० एमएमको ग्राउण्ड क्लियरेन्स, ७ किलोवाटको एक्ट्रा फास्ट चार्जर तथा एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्मको अनरोड माइलेज पाउन सकिन्छ। स्पट फाइनान्सको समेत व्यवस्था रहेको उक्त एक्चेन्ज क्याम्प नेटा भीको काठमाडौं, भक्तपुर, विराटनगर तथा चितवन लगायत सम्पूर्ण शोरुममा भइरहेको छ।

प्रकाशित: Mar 22, 2023| 17:40 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्