मंगलबार, वैशाख ३०, २०८२

त्रिविका ६२ मध्ये १८ आंगिक क्याम्पसमा रोकियो स्ववियु चुनाव 

चुनाव रोकिनुमा विद्यार्थी संगठनकै अवरोध रहेको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको हो।
 |  बुधबार, चैत ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

vianetvianet

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले गत ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोके ६२ मध्ये १८ आंगिक क्याम्पसमा तालाबन्दी र अवरोधका कारण चुनाव रोकिएको छ। चुनाव रोकिनुमा विद्यार्थी संगठनकै अवरोध रहेको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको हो।

triton college

त्रिविका ६२ आंगिक क्याम्पस र अन्य सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन घोषणा भएकामा १८ वटा आंगिक क्याम्पसमा तालाबन्दीका कारण चुनाव नभएको हो। आज केही क्याम्पसमा निर्वाचन भइरहेको छ।

सबैभन्दा धेरै विद्यार्थी मतदाता रहेको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा सत्ता गठबन्धनकै विद्यार्थीले ताला लगाएपछि निर्वाचन स्थगित भएको छ।

काठमाडौंको आरआर क्याम्पसमा एमाले निकट अखिलले फर्जी भर्ना गरेको दाबीसहित नेकपा एस निकट अनेरास्ववियुले ताला लगाएपछि चुनाव बिथोलिएको छ। 

त्रिविका अनुसार हालसम्म पृथ्वीनारायण क्याम्पस पोखरा, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पसलगायत १८ वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ।

National life insurance

तालाबन्दीका कारण स्थगित निर्वाचन १२ चैतभित्र गरिसक्न सम्बन्धित क्याम्पस प्रशासनलाई निर्देशन दिइएको त्रिविले बताएको छ।

प्रकाशित: Mar 22, 2023| 17:08 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्