आइतबार, जेठ ३, २०८३

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने वृद्धि

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ।

National life

आज नेप्से १५.७६ अंकले घटेर १९ सय ३३.२९ मा झरेको हो। गएको सोमबार २२ अंकले बढेको नेप्से हिजो मंगलबार भने सार्वजनिक बिदाका कारण बन्द थियो।

बुधबार २६६ कम्पनीका एक अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँबराबरको ३७ लाख ७७ हजार ४०० कित्ता सयर किनबेच भएको छ। आज १३ वटै उपसमूहको समूहगत सूचक ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक सर्वाधिक १.८७ प्रतिशतले ओरालो लागेको छ।

मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ कायम भएको छ। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँले घटेर ११ हजार ७३२ रुपैयाँ कायम भएको छ।
 

प्रकाशित: Mar 22, 2023| 15:30 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्