आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षामा जोड्दा ठूलो राहत: ढकाल

वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षामा जोड्दा ठूलो राहत: ढकाल

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कोषमा जोडेपछि श्रमिक तथा तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन्।

National life

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिकाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात कार्यक्रममा ढकालले यस्तो बताएका हुन्। रोजगारका लागि विदेश गएकाहरुले देशलाई चलायमान बनाउन ठूलो योगदान गरेको बताउँदै उनले वैदेशिक रोजगारदाताहरू कोषमा आबद्ध हुन पाउँदा उनीहरुलाई ठूलो सहयोग पुग्ने बताए।

'वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेका छन्। रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देश चलायमान भएकाले उनीहरुका लागि सरकारले यस्ता योजनाहरु आगामी दिनमा पनि ल्याउनुपर्छ,’ ढकालले भने।

यसैगरी वैदेशिक रोजगारमा रहेका रोजगारदाताहरुलाई ती देशहरूले सामाजिक सुरक्षा कोषको सुविधा नदिएको अवस्थामा सरकारले यो ठुलो कामको सुरुवात गरेको उनले बताए। ‘रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको छ,’ उनले भने, ‘सरकारले श्रमिकहरुको सुरक्षाको लागि काम गर्न सुरु गरेको छ।’
 

प्रकाशित: Mar 22, 2023| 14:08 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्