शनिबार, असोज ६, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गाभिन डाके विशेष साधारणसभा

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गाभिन डाके विशेष साधारणसभा

 |  मंगलबार, चैत ७, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।

sagarmatha cement

दुवै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुवै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

दुवै संस्था बराबरी हैसियतमा गाभिने छन्। गाभिएपछि नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नाम हुनेछ। साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुवै संस्था बिमा प्राधिकरण जानेछन्। प्राधिकरणले स्वीकृति दिएपछि एकीकृत कारोबार हुनेछ।

आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ। मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।
 

प्रकाशित: Mar 21, 2023| 13:50 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

काठमाडौंमा व्यापार, व्यवसाय, रोजगारी र अध्ययनका लागि बस्ने उपत्यकाबाहिरका नागरिक दसैंमा टीका लगाउन आ–आफ्ना मूलघर जाने गरेका छन्।
नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।
दैनिक सुन आयात कोटा दोब्बर

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।