बुधबार, भदौ १०, २०८३

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– नेपाली चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको तेस्रो सातासम्म पनि घरेलु बक्स अफिसमा निरन्तर उकालो चढिरहेको छ। सिनेमाहलमा चलिरहेका विदेशी (हलिउड, बलिउड) चलचित्रलाई पछि पार्दै छक्कापञ्जा ४ ले घोडे जात्राको सार्वजनिक बिदाका दिन पनि राम्रो आम्दानी गरिरहेको वितरक मनोज राठीले बताए।

उनका अनुसार छक्कापञ्जा ४ सिनेमा हलमा प्रदर्शन थालिएको १८ दिनसम्म करिब १५ करोडसम्म आम्दानी भएको हो। छक्कापञ्जा ४ को कमाइ थप बढ्ने र ५१ दिनसम्मै पर्दामा लागिरहने उनले बताए।

यतिबेला काठमाडौं उपत्यकाका सिनेमाघरमा बलिउड फिल्म तु झूठी मैं मक्कर, साजम : फ्युरी अफ द गड्स, कब्जा र मिसेस चटर्जी भर्सेस नर्वे चलिरहेका छन्। तर छक्कापञ्जा ४ को अकुपन्सी उच्च रहेको राठी बताउँछन्।

छक्कापञ्जा ४ को कुल आम्दानीमध्ये झन्डै ४५ प्रतिशत योगदान मोफसलको रहेको देखिएको राठीको अनुमान छ। फिल्म १९ फागुनदेखि प्रदर्शनमा आएको थियो।

प्रकाशित: Mar 21, 2023| 13:49 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।