बिहीबार, जेठ १८, २०८०

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– नेपाली चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको तेस्रो सातासम्म पनि घरेलु बक्स अफिसमा निरन्तर उकालो चढिरहेको छ। सिनेमाहलमा चलिरहेका विदेशी (हलिउड, बलिउड) चलचित्रलाई पछि पार्दै छक्कापञ्जा ४ ले घोडे जात्राको सार्वजनिक बिदाका दिन पनि राम्रो आम्दानी गरिरहेको वितरक मनोज राठीले बताए।

Everest Bank

उनका अनुसार छक्कापञ्जा ४ सिनेमा हलमा प्रदर्शन थालिएको १८ दिनसम्म करिब १५ करोडसम्म आम्दानी भएको हो। छक्कापञ्जा ४ को कमाइ थप बढ्ने र ५१ दिनसम्मै पर्दामा लागिरहने उनले बताए।

यतिबेला काठमाडौं उपत्यकाका सिनेमाघरमा बलिउड फिल्म तु झूठी मैं मक्कर, साजम : फ्युरी अफ द गड्स, कब्जा र मिसेस चटर्जी भर्सेस नर्वे चलिरहेका छन्। तर छक्कापञ्जा ४ को अकुपन्सी उच्च रहेको राठी बताउँछन्।

छक्कापञ्जा ४ को कुल आम्दानीमध्ये झन्डै ४५ प्रतिशत योगदान मोफसलको रहेको देखिएको राठीको अनुमान छ। फिल्म १९ फागुनदेखि प्रदर्शनमा आएको थियो।

प्रकाशित: Mar 21, 2023| 01:49. 00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...