बिहीबार, असार ६, २०८१

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

चितवन- चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

triton college

ती दुर्घटनामा परी ४०१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्कअनुसार भित्री सडकमा १०६ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गमा ४८, नारायणगढ–मुग्लिन सडकखण्डमा ३७, पृथ्वी राजमार्गमा १४ र सहरी सडकखण्डमा नौ दुर्घटना भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन्। ४० पुरुषको मृत्यु भएको उनले जानकारी दिए। त्यस्तै, पाँच महिला, दुई बालक र दुई बालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ।

घाइतेमध्ये १२४ गम्भीर र २७७ सामान्य रहेका छन्। दुर्घटनामा ३२४ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। दुर्घटनामा सबैभन्दा बढी १६५ मोटरसाइकल परेका छन्। 

Metro Mart

जिप÷कार ५०, ट्रक ट्याङ्कर ४१, बस १९, शारीरिक शक्तिबाट चल्ने सवारी साधन १५, टेम्पो ११, माइक्रो बस आठ, टिपर पाँच, ट्याङ्कर ६ र अन्य चारवटा रहेका छन्। तामाङले सवारी दुर्घटना घटाउनका लागि मानवीय त्रुटि न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए।

मानवीय त्रुटिसँगै मेकानिकल समस्या समाधानका लागि यातायात व्यवसायीसँग छलफल गरिँदै आएको उनको भनाइ छ। सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको छ। रासस

प्रकाशित: Mar 21, 2023| 08:00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।