आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • घोडेजात्रामा बैंकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकको निर्देशन

घोडेजात्रामा बैंकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकको निर्देशन

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life

काठमाडौं- भोलि (मङ्गलबार) घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारसमेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो।

‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहे पनि उपत्यकाबाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी, आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालनमा राख्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ।  

प्रकाशित: Mar 20, 2023| 21:17 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्