आइतबार, जेठ ३, २०८३

नेप्सेका सबै सूचकमा हरियाली

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २२.६५ अंकको वृद्धि भएको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अन्तिम समयमा १९ सय ४९ अंकमा पुगेर रोकिएको छ।

National life

आज १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ५२ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ। 

नेप्से परिसूचक १.१८ प्रतिशतले बढ्दा आज सबै समूहका सूचकमा हरियाली छाएको छ। व्यापार समूह सबैभन्दा धेरै ९८ अंकले बढेको छ भने जीवन बिमा समूह ९४ अंकले बढेको छ। निर्जीवन बिमा समूह ८३ अंकले बढ्दा विकास बैंक समूहमा ६२ अंकको वृद्धि भएको छ। म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उच्च वृद्धि देखिएको छ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७६ अंक बढेर १९ सय ४१ रुपैयाँ पुगेको हो। न्यादी हाइड्रोपावरको सेयर मूल्य ७.७३ प्रतिशतले बढेर ३५२ रुपैयाँ पुगेको छ।

आज आईएमई जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। यो कम्पनीको ७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एसियाको सेयर ६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।

नेप्सेमा हिजो आइतबार ६.९० अंकको गिरावट आएको थियो।

प्रकाशित: Mar 20, 2023| 15:27 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्