आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने, अन्तिम सम्झौतामा हस्ताक्षर

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने, अन्तिम सम्झौतामा हस्ताक्षर

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सले मर्जरको लागि अन्तिम सम्झौता गरेका छन्। दुई कम्पनीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

National life

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन्। डीडीएका आधारमा यी दुई कम्पनीबीच स्वाप रेसियो १:१ मा मर्ज हुने निर्णय भएको छ।

मर्जरपछि नयाँ बन्ने एकीकृत कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुने भएको छ। मर्जर सम्झौतालाई संचालक समितबाट अनुमोदन गरी आगामी विशेष साधारणसभामा उक्त प्रस्ताव पेस गर्ने दुवै कम्पनी व्यवस्थापनले जनाएका छन्।

आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ।

मर्जरपछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।

प्रकाशित: Mar 20, 2023| 15:05 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्