बिहीबार, फागुन २८, २०८२

अस्पतालहरूको स्तरोन्नति गरी नयाँ मेडिकल कलेज खोल्ने सरकारको तयारी

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्पतालहरुको स्तरोन्नति गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत नयाँ मेडिकल कलेजहरु खोल्ने तयारी भइरहेको बताएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन्। 'सरकारी अस्पतालहरूको स्तरोन्नति गरी (न्याम्स्)अन्तर्गत नयाँ मेडिकल कलेजहरू खोल्न अत्यन्त तीव्रतासाथ गृहकार्य भइरहेको छ,' संसदमा प्रधानमन्त्री दाहालले भने।

संसदमा प्रधानमन्त्री दाहालले कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको, गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न मन्त्रिपरिषद्बाट अवधारणा पत्र स्वीकृत भई प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिएका छन्।

प्रकाशित: Mar 20, 2023| 14:48 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्