आइतबार, जेठ ३, २०८३

फागुनमा ६१ हजार बढीले लिए श्रम स्वीकृति

फागुनमा विदेश रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ र व्यक्तिगत रूपमा ५ हजार ५३६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं– अघिल्ला दुई महिनाको तुलनामा फागुनमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। पुसमा ७१ हजार र माघमा ६४ हजार नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए।

National life

फागुनमा श्रम स्वीकृति लिने नेपालीको संख्या करिब ६२ हजार रहेको वैदेशिक रोजगार विभागले विवरण सार्वजनिक गरेको छ। 

विभागका अनुसार फागुनमा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका हुन्। फागुनमा म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ र व्यक्तिगत रूपमा ५ हजार ५३६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

फागुनमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको संख्या १९ हजार ८२४, कतारका लागि ११ हजार ३०३ र यूएईका लागि ९ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन्।

यस्तै, साउदी अरब ९ हजार ५०३, कुवेत २ हजार ४६२, बहराइन ५९५, रोमानिया  १ हजार ७०, जापान ८७१ र पोल्यान्ड रोजगारीमा जान ६०० ले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या २४ हजार ८५१ रहेकोे छ।

प्रकाशित: Mar 20, 2023| 14:41 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्