मंगलबार, वैशाख ३०, २०८२

'लथालिंग अर्थतन्त्र ! कहाँसम्म ? कहिलेसम्म ?'

पोखरामा उद्योगी-व्यवसायीहरुले सोमबार लथालिंग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रम गरेका छन्।
 |  सोमबार, चैत ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

vianetvianet

काठमाडौं- उद्योगी-व्यवसायीहरुले लथालिंग अर्थतन्त्र कहाँसम्म र कहिलेसम्म भनेर कार्यक्रम गर्न थालेका छन्। पोखरामा उद्योगी-व्यवसायीहरुले आइतबार लथालिंग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रम गरेका छन्। 

triton college

देशको अर्थतन्त्र खराब अवस्थामा रहेको भन्दै कार्यक्रम नै गरेर उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरन्जीवी नेपाल लगायत उद्योगी-व्यवसायीहरु थिए।

महासंघका उपाध्यक्ष श्रेष्ठले हाल सामान्य खर्च धान्न समेत गाह्रो भएको बताए। उद्योगको उत्पादन घटेको, रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नरहेको उनले जानकारी दिए।

कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए। उनले आफ्नो पार्टी सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि अझ संकटतर्फ उन्मुख भएको बताए। ‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएकोछ। हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन। हामीसँग योजनाहरु धेरै छन् तर रणनीतिहरु केही छैन,' सांसद झाले भने।

व्यवसायीहरुले अहिले बजारमा नगद अभाव भएकाले वस्तु तथा सेवासमेत खपत नभएको बताइरहेका छन्। बजारमा सहज रुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।

National life insurance

प्रकाशित: Mar 20, 2023| 13:18 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्