आइतबार, जेठ ३, २०८३

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरे।

सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धीत व्यक्तिलाई बैंकको शाखा कार्यालयहरु मार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुने छ। यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ। 
 

प्रकाशित: Mar 19, 2023| 18:22 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्