आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघ चुनावका लागि २१ चैतमा उम्मेदवारी मनोनयन

उद्योग वाणिज्य महासंघ चुनावका लागि २१ चैतमा उम्मेदवारी मनोनयन

हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको नेतृत्व सम्हाल्दै छन् र हुन लागेको निर्वाचनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष हुनेछन्। 
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यही चैत २८ र २९ गते साधारणसभा गर्दैछ। यसपालिको साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्दैछ।

National life

महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने विधान छ। यसअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको नेतृत्व सम्हाल्दै छन् र हुन लागेको निर्वाचनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष हुनेछन्। 

महासंघको ३ वर्षे कार्यकालका लागि अध्यक्ष बन्न अहिले वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीहरुले आफ्नो टिम घोषणा गरिरहेका छन्। अञ्जन श्रेष्ठले हालैमात्र आफ्नो प्यानल सार्वजनिक गरेसँगै चुनावी माहोल तातेको छ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ पनि टिम बनाउने क्रममा छन्। दिनेश श्रेष्ठ पनि उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्। चारैजना हालका उपाध्यक्ष हुन्। चैत २९ गते हुने निर्वाचका लागि कार्यतालिका सार्वजनिक भएको छ। महासंघको साधारणसभा चैत २८ गने होटल याक एण्ड यतीमा हुनेछ भने निर्वाचन चैत २९ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ।

महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुको चुनाव हुँदैछ। महासंघको विधानअनुसार उम्मेदवारले उम्मेदवारी शुल्कसहित मनोनयनपत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिन पहिले दर्ता गराइसक्नु पर्नेछ। यसअनुसार उम्मेदवार बन्न चैत २१ गते साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्नु पर्नेछ। उम्मेदवारले अनलाइन माध्यमबाट समेत मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको महासंघले जनाएको छ।

मनोनयन दर्ता गर्न वरिष्ठ उपाध्यक्षका लागि ५ लाख रुपैयाँ शुल्क तोकिएको छ। त्यसैगरी उपाध्यक्षका लागि ३ लाख र कार्यकारिणी सदस्यका लागि ७५ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ।

प्रकाशित: Mar 19, 2023| 15:53 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्