मंगलबार, वैशाख ३०, २०८२

नेप्से ७ अंकले घट्दा कारोबार रकममा पनि गिरावट

 |  आइतबार, चैत ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

vianetvianet

चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले तेस्रो दिन आइतबार पनि निरन्तरता पाएको छ। गत साताको ५ कारोबार दिनमध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ।

triton college

आइतबार बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ। होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापार र निर्जीवन बिमा उपसूचकमा वृद्धि भए पनि बजारलाई लिड गर्ने बैंकिङसहित जीवन बिमा, उत्पादनमूलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से घटेको छ। आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ।

बैंकिङ उपसूचक ०.५४ प्रतिशतले घटेको छ भने उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने १ प्रतिशतभन्दा माथिको गिरावट भएको छ। नेप्सेमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ। गत बिहीबार १ अर्ब १४ करोड र बुधबार १ अर्ब २० करोडको कारोबार भएको बजारमा आइतबार भने मुस्किलले १ अर्ब नाघेको छ।

आइतबार बजारमा ३० हजार ७७५ वटा कारोबारमा ३१ लाख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ।

आइतबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १२७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै ७४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२ कम्पनीको स्थिर छ। 

National life insurance

प्रकाशित: Mar 19, 2023| 15:33 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्