शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अनर एक्स५ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता 

अनर एक्स५ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता 

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

अनरका उत्पादनका लागि नेपालको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा. लिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन सार्वजनिक गरेको छ।

triton college

२ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज क्षमताको मेमोरी भएको उक्त फोनको मूल्य ११ हजार ९९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।  

नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्स५ मा ५००० एमएएच क्षमताको ब्याट्री, ६.५ इन्चको अनर फुल भ्यु डिस्प्ले र मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर रहेको छ। ८ मेगापिक्सलको प्रमुख क्यामेरा र ५ मेगापिक्सलको सेल्फी क्यामेरा जस्ता आकर्षक फिचरहरू यो मोबाइल फोन सेटमा रहेका छन् ।

यो मोबाइल मार्च २०२३ देखि खरिदका लागि उपलब्ध हुनेछ। मोबाइल नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सकिनेछ।

प्रकाशित: Mar 19, 2023| 14:20 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्