मंगलबार, चैत १४, २०७९

एनसेलले ल्यायो मज्जाको प्लान, यस्ता छन् सुविधा

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ। यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ भोलि चैत्र ३ गते शुक्रबारदेखि सञ्चालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन्।

National life insurance

ग्राहकले यो स्टार्टर प्याक करसहित रु. ५९९ मा खरिद गर्न सक्छन्। यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन्। प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनका लागि मान्य रहनेछ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन्। ग्राहकले रु. २०० देखि रु. ४९९ को रिचार्जमा ५% बोनस क्यासब्याक प्राप्त गर्न सक्छन् भने रु. ५०० वा सोभन्दा बढीको रिचार्जमा १०% बोनसको मजा लिन सक्छन्।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु. ५९९ मा नै आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन्। त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै– एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन्।

सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ। ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ।
 

worldlink

प्रकाशित: Mar 18, 2023| 10:30. 00 शनिबार, चैत ४, २०७९

थप समाचार