आइतबार, जेठ ३, २०८३

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्केटमा छुट

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्केटका स्टोरहरूबाट स्मार्ट क्युआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट पाउने भएका छन्।

National life

बैंकले सार्वजनिक गरेको योजनाअनुसार ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्केटमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ।

यो छुट एकपटकको खरिदमा अधिकतम एक सय रुपैयाँ र योजना अवधिभर तीन सय रुपैयाँ पाउने जनाइएको छ। योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्केटका जोरपाटी, सानेपा र पेप्सीकोलाका स्टोरहरूमा लागू हुने बैंकले जनाएको छ।

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन साथै राजस्व काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ।
 

प्रकाशित: Mar 18, 2023| 22:00 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्