आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– सवारीका बेला दुःख दिइरहेको गुनासो सर्वसाधारणबाट व्यक्त भइरहेका बेला नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल तामझामबिनाको सामान्य सवारीमै कुमारी घर पुगेका छन्। 

National life

शनिबार कुमारी घर पुगेका पौडेलको सवारीका बेला सार्वजनिक यातायात र सर्वसाधारणलाई सुरक्षाकर्मीले निर्वाध आउजाउ गर्न दिए।

राष्ट्रपति कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई आउजाउमा रोक लगाइएन। राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका छन्।

राष्ट्रपति पौडेल सवारीमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरसाइकलबिनै वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्। आज बिहान मात्रै राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजा–प्रसाद टक्र्याइएको थियो।

प्रकाशित: Mar 18, 2023| 16:58 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।