मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • समाज
  • तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– सवारीका बेला दुःख दिइरहेको गुनासो सर्वसाधारणबाट व्यक्त भइरहेका बेला नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल तामझामबिनाको सामान्य सवारीमै कुमारी घर पुगेका छन्। 

National life insurance

शनिबार कुमारी घर पुगेका पौडेलको सवारीका बेला सार्वजनिक यातायात र सर्वसाधारणलाई सुरक्षाकर्मीले निर्वाध आउजाउ गर्न दिए।

राष्ट्रपति कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई आउजाउमा रोक लगाइएन। राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका छन्।

राष्ट्रपति पौडेल सवारीमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरसाइकलबिनै वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्। आज बिहान मात्रै राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजा–प्रसाद टक्र्याइएको थियो।

प्रकाशित: Mar 18, 2023| 04:58. 00 शनिबार, चैत ४, २०७९

थप समाचार

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।

मोफसलका 'आँखा बा' चिजकुमार, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।