आइतबार, जेठ ३, २०८३

सुन मूल्य सातामै प्रतितोला ५,३०० ले बढ्यो 

महासंघले गत साता शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार बढोत्तरी भएको बताएको हो।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोलामै ५ हजार ३०० रुपैयाँले बढेको विवरण सार्वजनिक गरेको छ। महासंघले गत साता शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँ वृद्धि भएको बताएको हो।

National life

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० थियो। यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० थियो।

यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, गत शुक्रबार तेजाबी सुन मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको विवरणमा उल्लेख छ।

साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको हो। आइतबार एकै दिन तोलामा १७ सयले बढेको थियो। यस्तै, सोमबार ६०० र मंगलबार १६ सय रुपैयाँले बढेको थियो। बुधबार स्थिर रहेको सुन मूल्य बिहीबार १ हजार र शुक्रबार ४०० रुपैयाँले बढेको थियो। 

महासंघका अनुसार यो साता चाँदीको मूल्य पनि बढेको छ। गत साताको शुक्रबार तोलामा १२ सय २० रहेको चाँदीको मूल्य बढेर १३ सय १० रुपैयाँ पुगेको छ। यो साताको कारोबारमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँ बढेको हो।

प्रकाशित: Mar 18, 2023| 16:32 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्