शनिबार, साउन १२, २०८१

सामाजिक सुरक्षा कोषबाट पौने ४ अर्ब दाबी भुक्तानी

कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत हालसम्म पौने ४ अर्ब दाबी भुक्तानी गरिएको बताएको छ। हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो। 

triton college

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ। 

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत ५ करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत ३ अर्ब २१ करोड ६५ लाख ७१ हजार दाबी भुक्तानी गरेको छ।

कोषले ६८ हजार ३६ योगदानकर्तालाई १ लाख ६ हजार ४५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ। कोषमा हालसम्म ३ लाख ९९ हजार १९२ श्रमिक सूचीकृत भएका छन्।

सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७० हजार २९, कोसीबाट ३८ हजार ८६८, मधेसबाट २१ हजार २४१, गण्डकीबाट १५ हजार २१७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट १ हजार ५२६ र कर्णालीबाट १ हजार २२५ श्रमिक कोषमा आबद्ध भएका छन्। 

Metro Mart
vianet

कोषमा १७ हजार ७३४ रोजगारदाता सूचीकृत छन्। हालसम्म ३० अर्ब ७९ करोड योगदान रकम संकलन भइसकेको छ।

प्रकाशित: Mar 18, 2023| 15:41 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्