बिहीबार, फागुन २८, २०८२

फागुनमा मात्रै एनओसी लिनेको संख्या करिब १४ हजार

माघमा ७ हजार ६१८ ले एनओसी लिएकामा फागुनमा झन्डै दोब्बर संख्या बढेको हो।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– गत फागुनमा १३ हजार ९४५ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएको शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले विवरण सार्वजनिक गरेको छ। माघमा यस्तो संख्या ७ हजार ६१८ मात्रै थियो ।

National life

माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले एनओसी लिएका हुन्। जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेको संख्या बढेको हुन सक्ने अनुमान वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीको छ। 

माघमा जापानका लागि १५८ जनाले एनओसी लिएकामा फागुनमा ८ हजार ९१ जनाले लिएका छन्। २५ हजार १५२ जनाले आवेदन दिएका थिए।

सरकारलाई गत महिना एनओसीबाट २ करोड ८९ लाख ४२ हजार राजस्व आम्दानी भएको थियो। फागुनमा अस्ट्रेलियाका लागि २ हजार ६१० र क्यानडाका निम्ति १ हजार ६६० जनाले एनओसी लिएका छन्।

माघमा अस्ट्रेलियाका लागि ३ हजार ५१७ र क्यानडाका लागि २ हजार २४८ जनाले एनओसी लिएको शाखाको तथ्यांक छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 18, 2023| 12:13 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्