मंगलबार, चैत १४, २०७९

बढ्दै कोरोना संक्रमित

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं- कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन्। 

National life insurance

फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्र छ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन्। 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय सङ्क्रमित बढेको बताए। 

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ। 

प्रकाशित: Mar 18, 2023| 04:42. 00 शनिबार, चैत ४, २०७९

थप समाचार

नेपालमै पहिलोपल्ट मातृ मृत्युसम्बन्धी अध्ययन, यस्तो छ तथ्यांक

‘मातृ मृत्युसम्बन्धी अध्ययन’ ले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु एक सय ५१ रहेको देखाएको हो। 

पाठ्यपुस्तकमा प्रधानमन्त्री प्रचण्डको पहल

छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए। सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको...

चिकित्सा विज्ञान प्रतिष्ठानबाटै ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग

युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै रिक्त विभिन्न पदाधिकारी नियुक्तिमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न माग गरेको हो।