बिहीबार, फागुन २८, २०८२

डोल्पामा अस्पताल पुग्नै हैरानी

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्। अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ।

National life

दुईमध्ये एक एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन। अर्को एम्बुलेन्सले भेरी नदी पारीसम्म मात्र सेवा दिने गर्दछ। झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरका माध्यमले बिरामीलाई अस्पतालसम्म ल्याउने गरिन्छ।

स्टेचरमा राखेर बिरामी ल्याउन र लैजानसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताए। अस्पतालबाट बाहिर लैजानका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्‍याउन समस्या हुँदै आएको छ।

कतिपय गर्भवती अस्पतालसम्म ल्याउँदा ल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डा सुस्मिता जोशीले बताए। अस्पतालमा बिरामीलाई लैजान र ल्याउन भेरी नदी बाधक बनेको छ। भेरी नदीमा पुल निर्माण नहुँदा एक किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरका भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्‍याउने गरिएको डा. जोशीले बताए।

“साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामीले समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने। पच्चीस शय्याको नयाँ अस्पतालको निर्माणको काम जारी छ।

Laxmi sunrise bank
kumari

अस्पताल निर्माणका लागि आवश्यक सामग्री ल्याउनसमेत समस्या हुँदै आएको बताइएको छ। बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री ल्याउनसमेत समस्या रहँदै आएको छ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा छ। कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउनमात्र आधा घन्टा लाग्छ। अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ। भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो।

प्रकाशित: Mar 17, 2023| 19:15 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्