आइतबार, मंसिर २८, २०८२

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको आठ महिनामा लाभांशबापत करिब साढे १३ अर्ब रकम विदेशिएको उद्योग विभागले विवरण सार्वजनिक गरेको छ।

National life

विभागका अनुसार चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो। 

विभागले आठ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १०७, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारु तथा ७ हजार युरो विदेश लैजान सिफारिस गरेको छ। विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ।

फागुनमा मात्रै ३ अर्ब सिफारिस
विभागले फागुनमा मात्रै लाभांशबापत करिब ३ अर्ब विदेश लैजान सिफारिस दिएको छ। विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो।

रोयल्टीबापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार ५५ भारु  फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ।

Laxmi sunrise bank
kumari

शाखा प्रमुख शंकरसिंह धामीका अनुसार गत आवको तुलनामा चालू आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ। ‘गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो। गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ’, उनले भने।

चालू आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १५० प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ। फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ।

विभागका अनुसार फागुनसम्म २३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १९६ रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।

प्रकाशित: Mar 17, 2023| 16:34 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्