शुक्रबार, वैशाख ७, २०८१

सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार

केही दिनयता नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ। यो सातामात्रै सुनको मूल्य तोलाकै ५ हजार ३०० रुपैयाँले बढेको हो।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- केही दिनयता नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ। यो सातामात्रै सुनको मूल्य तोलाकै ५ हजार ३०० रुपैयाँले बढेको हो। 

triton college

आज शुक्रबार प्रतितोला छापाववाल सुन १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 गत शुक्रबार प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले यो साता सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको हो। 

आज पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। हिजो बिहीबार प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले उकालो लागेको छ। गत शुक्रबार तोलको १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको आज शुक्रबार १ हजार ३१० रुपैयाँ कायम भएको छ। 

corrent noodles
Metro Mart

आज पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। हिजो बिहीबार चाँदी तोलको १ हजार ३०५ रुपयाँमा कारोबार भएको थियो। 

प्रकाशित: Mar 17, 2023| 11:48 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्