बुधबार, चैत ८, २०७९

युभेन्टस युरोपा लिगको क्‍वाटरफाइनलमा

युइएफए युरोपा लिगमा युभेन्टस क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- युइएफए युरोपा लिगमा युभेन्टस क्‍वाटरफाइनलमा प्रवेश गरेको छ। गयराति भएको राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा फेरिवर्गमाथि २-० गोलको जित हात पारेको हो।

National life insurance

युभेन्टस समग्रमा ३-० को जितका साथ क्‍वाटरफाइनलमा प्रवेश गरेको हो। युभेन्टसले पहिलो र दोस्रो हाफमा १-१ गोल गरेको थियो। 

४५ औं मिनेटमा डुवान भालोभिकले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। ४४ औं मिनेटमा फेविर्गका म्युयिल गुल्डले ह्यान्ड गरेपछि दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा युभेन्टसले पेनाल्टी पाएको हो।

सोही पेनाल्टीलाई डुवानले गोलमा परिणत गरेका थिए। दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा फेडरिको चिएसाले गोल गरेपछि युभेन्टस दोस्रो लेगमा २-० को जित निकाल्दा समग्रमा ३-० ले अघि रहँदै युरोपा लिगको क्‍वाटरफाइनलमा स्थान बनाउन सफल भयो।

प्रकाशित: Mar 17, 2023| 07:50. 00 शुक्रबार, चैत ३, २०७९