मंगलबार, कात्तिक ४, २०८२

संस्कृति इन्टरनेसनल स्कुलले मनायो १३औं स्थापना दिवस

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९
Kumaribank
Metro Mart

संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

काठमाडौंको हल्चोकस्थित आफ्नै विद्यालय हाताभित्र भएको उक्त समारोहमा प्रमुख अतिथि डाक्टर राजेश गोंगलले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए। विद्यालयका छात्राहरूले स्वागतस्वरूप गणेश बन्दनामा सुन्दर नृत्य प्रस्तुत गरेका थिए। 

विद्यार्थीद्वारा लिखित सिर्जनात्मक लेखनलाई गोडमेल गर्न विद्यालयले प्रकाशित गरेको ‘संस्कृति मञ्जरी’ प्रमुख अतिथि गोंगल, विद्यालयका अध्यक्ष रञ्जित आचार्य र विद्यालय निर्देशक दिप्ती आचार्य तथा विद्यालयकी प्राचार्य तिमिला श्रेष्ठले विमोचन गरेका थिए। संस्कृति इन्टरनेसनल स्कुलले समाजसेवाका विविध क्षेत्रमा आर्थिक योगदान पनि गर्दै आएको छ। 
 

प्रकाशित: Mar 16, 2023| 21:00 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्