आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कतारको युनिमनीबाट आइएमईमा पैसा पठाउँदा आइफोन र एस२२ अल्ट्रा जित्न सकिने

कतारको युनिमनीबाट आइएमईमा पैसा पठाउँदा आइफोन र एस२२ अल्ट्रा जित्न सकिने

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

National life

इएमई पे र युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अन्लाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ।

विन बिग क्याम्पेनमा सबै सेवाग्राहीहरू युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस २२ अल्ट्राका साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ।

क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ १, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ। उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत नै रहनेछ। क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Mar 16, 2023| 20:30 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्