शनिबार, वैशाख १५, २०८१

एअरलाइन्स अवार्ड बाँडियो, कुन कम्पनीले के पाए ?

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ सम्पन्न भएको छ ।

triton college

नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको विशेष समारोहमा विभिन्न १६ विधामा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ घोषणा गरिएको हो । साधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा विजेता छनोट गरिएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सीजी होल्डिङ्स्का अध्यक्ष अरुण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

अवार्डमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए ।

कुन कम्पनीलाई कुन अवार्ड?

corrent noodles
Metro Mart

बेस्ट एअरलाइन्स अफ द इअर डोमेस्टिक – बुद्ध एअर

बेस्ट एअरलाइन्स अफ द इअर हाइब्रिड तथा एलसीसी – हिमालय एअरलाइन्स

बेस्ट एअरलाइन्स अफ द इअर अफलाइन अपरेसन – एमिरेट्स् एअरवेज

बेस्ट नेसनल एअरलाइन्स – नेपाल एअरलाइन्स

बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन – नेपाल एअरलाइन्स ग्राउन्ड ह्याण्डलिङ

बेस्ट बिजनेस क्लास – कतार एअरवेज

बेस्ट इकोनोमी क्लास – फ्लाई दुबई

बेस्ट क्याबिन क्रु – एअर अरेबिया

बेस्ट ट्रान्जिट एअरपोर्ट लाउन्ज – टर्किस एअरलाइन्स

बेस्ट एअरलाइन्स रिवार्डस् प्रोग्राम – कतार एअरवेज

बेस्ट एअरलाइन्स – एअर फेयर पोलिसी कतार एअरवेज

बेस्ट एअरलाइन्स – फ्रन्ट डेस्क सपोर्ट – जजिरा एअरवेज

सीईओ अफ द इअर – नेपाली एअरलाइन्स – बिरेन्द्रबहादुर बस्नेत, बुद्ध एअर

बेस्ट एअरलाइन्स म्यानेजर अफ द इअर – इन्टरनेशनल एअरलाइन्स – सारिक बोगटी (कतार एअरवेज)

बेस्ट जनरल सेल्स एजेन्ट (जीएसए) फर फरेन एअरलाइन्स – सोसाइटी इन्टरनेसनल

प्रकाशित: Mar 16, 2023| 20:00 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्