आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाबाट बैंक खातामा पैसा पठाउँदा हङकङको टिकट जित्ने मौका

इसेवाबाट बैंक खातामा पैसा पठाउँदा हङकङको टिकट जित्ने मौका

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ। अफर अन्तर्गत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्सफर गर्दा हङकङ घुम्ने मौका पाउनेछन्।

National life

अफरमा बेंक ट्रान्सफर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने इसेवाले जनाएको छ। इसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्सफर गर्दा सहभागी हुन पाइनेछ।

अफर योजना चैत ३० गतेसम्म सञ्चालन हुने बताइएको छ। योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्सफर गरेको हुनुपर्ने सर्त इसेवाको छ।

इसेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओएसमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एप मार्फत सेवा दिइरहेको छ।
 

प्रकाशित: Mar 16, 2023| 19:30 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्