बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • टाटाको एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डको गाडी ईभीसँग साट्न सकिने

टाटाको एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डको गाडी ईभीसँग साट्न सकिने

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले भोलि (शुक्रबार)देखि तीन दिने एक्सचेन्ज क्याम्प(मेला)को आयोजना गरेको छ।

triton college

पछिल्लो एक्सचेन्ज क्याम्पमा उत्साहजनक प्रतिक्रिया पाएसँगै दोस्रो पटक एक्सचेन्ज क्याम्प आयोजना गरेको कम्पनीले जनाएको छ । तीन दिन चल्ने मेलामा जुनसुकै ब्राण्डको गाडीसँग टाटा मोटर्सको सर्वाधिक रुचाइएको २०२३ को नयाँ मोडेलका नेक्सन ईभी र टिगोरसँग साट्न सकिनेछ ।

ह्याप्पीनेस विक–एण्ड एक्सचेन्ज क्याम्प काठमाडौंस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

मेलामा पेट्रोल तथा डिजेलबाट चल्ने जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सको विद्युतीय सवारीसँग साट्न मिल्ने बताइएको छ । यो एक्सचेन्ज क्याम्पलाई अझै सजिलो बनाउन सोरुममा बैंकिङ र इन्स्योरेन्स सुविधा एवं गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरूको समेत सहभागीता रहने बताइएको छ ।

एक्सचेन्ज क्याम्पमा चलिरहेको बजारको मूल्य भन्दा विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा निशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जासमेत उपलब्ध गराइने सिप्रदी ट्रेडिङले जनाएको छ ।
 

corrent noodles
Metro Mart

प्रकाशित: Mar 16, 2023| 19:00 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्