आइतबार, जेठ ३, २०८३

उद्योग मन्त्रालयबाट मागियो बजेट सुझाव

उपसमितिले आगामी बजेटमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारको विषयमा सरोकारवालासँग सुझाव मागेको हो।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उपसमितिले आगामी बजेटका लागि सरोकारवालासँग सुझाव मागेको छ।

National life

बिहीबार मन्त्रालयअन्तर्गतको उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमितिले सूचना जारी गर्दै बजेटका लागि सुझाव मागेको हो।

औद्योगिक प्रवद्र्धन तथा संरक्षण, वाणिज्य, आयात निर्यात तथा वैदेशिक व्यापार, सेवा व्यापार, आपूर्ति व्यवस्थापन तथा लगानी प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत र कानुनी सुधारको विषयमा उपसमितिले सुझाव मागेको छ।

१० चैतभित्र उद्योग मन्त्रालयको इमेलमा पठाउन सकिने सुझावमा कर तथा गैरकर प्रोत्साहन के–कस्तो हुनुपर्ने हो, त्यसबारे खुलस्त पार्न भनिएको छ।

प्रकाशित: Mar 16, 2023| 16:55 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्