बुधबार, साउन ६, २०८३

पहिलो दिन नै नेप्से दोहोरो अंकले घट्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेप्से बजारमा यस साताको पहिलो दिन आइतबार परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से बजारमा आएका सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से बजारमा गिरावट आएको हो ।

नेप्से परिसूचक १३.०१ अंक घटेर एक हजार २१४.३६ विन्दुमा पुगेको छ । ‘क’ वर्गको सेन्सेटीभ इन्डेक्स समेत २.७१ अंकले घटेर २५७.५३ विन्दुमा पुगेको छ। आइतबार १६० कम्पनीको ४ हजार ७४५ कारोबारबाट १३ लाख ३७ हजार ५२६ पटक शेयर खरिद बिक्री हुदा ४० करोड ७५ लाख एक हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।



नेप्से बजारमा आएका दश समूहको परिसूचक मध्ये आठ समूहको परिसूचक घटेको छ भने दुई समूहको परिसूचक बढेको छ ।

जसमा सबैभन्दा बढी नन लाइफ इन्सोरेन्स समूहको परिसूचक १०२.२५ अंक घटेको छ ।

त्यसपछि लाइफ इन्स्योरेन्सको परिसूचक ५४.२९, होटेल समूहको परिसूचक ३७.२२, विकास समूहको परिसूचक २१.२२ अंक घटेको छ ।

बैंकीङ समूहको परिसूचक १३.५२, हाइड्रोपावर समूहको परिसूचक २.८३, फाइनान्स समूहको परिसूचक ५.८८, माइक्रोफाइनान्स समूहको परिसूचक १८.८६ अंक घटेको छ ।
यद्यपि उत्पादनमुलक समूह र अन्य समूहको परिसूचक भने क्रमशः २.५९ र ०.९२ अंक बढेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्