बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई र भेनस अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

आईएमई र भेनस अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको आईएमई लिमिटेड र मध्य बानेश्वरस्थित भेनस अस्पतालबीच गत बिहीबार सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राही र आईएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनेछन्। यो छुट सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ।

सेवाग्राहीहरू हकमा यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आईएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ। सम्झौता पत्रमा आईएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष श्रीराम ढकालले हस्ताक्षर गरेका छन्। यो सम्झौता हस्ताक्षर भएको मितिले दुई वर्षसम्मका लागि लागू हुनेछ।

आईएमईसँग आबद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउनुभयो।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आईएमई सेन्टरसहित ७७जिल्लाका ८ हजार १ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले दु:ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्