काठमाडौं– सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओपोले नेपाली महान चाड बडादशैं र तिहार लक्षित ‘बेस्ट दशैं गिफ्ट’ क्याम्पेन घोषणा गरेको छ । ओपो ब्रान्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले आकर्षक उपहार जित्न सक्छन् ।
उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्की ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दुई पटक गोलाप्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिने छ ।
‘ग्लोबल कम्पनीका रूपमा ओपोले सधैं स्थानीयकरणमा विश्वास गर्दै आएको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । महान चाड बडादशैं र तिहार आदरणीय उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बेस्ट दशैं गिफ्ट’ क्याम्पेनको घोषणा गरेका छौं,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर ओपो मोबाइल खरिद गरी उपभोक्ताले यस उपहार योजनामा सहभागिता जनाउन सक्छन् । फोनको खरिदमा उपभोक्तालाई लक्की ड्र कुपन उपलब्ध गराइनेछ । यसको आधारमा दुई वटा लक्की ड्र आयोजना गरी विजेताहरूको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।
पहिलो गोलाप्रथा नोभेम्बर ५ मा आयोजना गरिनेछ भने दोस्रोको आयोजना डिसेम्बर ५ मा हुने कम्पनीले जानकारी दिएको छ । क्याम्पेनअन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रूपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ इन्च एलईडी टीभी, चौथौ वुफर र पाँचौं पुरस्कारका रूपमा ओपो ब्याग जित्न सक्नेछन् । साथै, सहभागीमध्ये तीन भाग्यशाली उपभोक्ताले ओपो नेपाल आइडल–२ ग्रान्ड फिनालेका लागि पास पनि जित्न सक्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४