काठमाडौं- कार्ल्सबर्ग गल्फसिरिज २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिजको समाप्ती काल्र्सवर्गको साथमा भएको छ । तीनवटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिदैछ।
३ वटा सिरिज मध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गते भएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डी क्याप भएका देशभरिका उदयमान-गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो। यो सिरिज तीन चौथाइ ह्याण्डी क्यापका साथ स्टेबेल फोर्ड फम्र्याटमा खेलिएको थियो।
पवित्र कुमार कार्कीले तीन सय अंक प्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४९० अंकका साथ सिरिजका ग्रस च्याम्पियन बन्न सफल भए ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले आफ्नो अनुभव यसरी बाँडे, काल्र्सवर्ग गल्फ सिरिज् ‘सन् १९९० देखि नेपालमागल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ। यसका साथै हामीहाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।’
रोजन अमात्य, गोर्खा बु्रअरीका बजार प्रबन्धकले आफ्नो उत्साह बाँड्दै भने, ‘यस प्रतियोगिताका लागि हामीले ज्यादै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी सहभागीहरुलाई पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौं । यसका साथै हामी हाम्रा पार्टनर, गोकर्ण फरेष्ट रिसर्टलाई यस प्रतियोगितालाई सफल बनाउनका गर्नु भएको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं ।’