आइतबार, जेठ ३, २०८३

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

National life

नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ। २६ फागुनदेखि १७ चैतसम्म लागु हुने गरी लागु गरिएको योजनामा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीमा छुट पाउने कम्पनीले जनाएको छ।

छुट योजना अन्तर्गत आफ्ना विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन्।

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शोरुम सञ्चालनमा छन्।

प्रकाशित: Mar 14, 2023| 17:13 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्