मंगलबार, वैशाख ३०, २०८२

आयल निगमले किन्यो विद्युतीय गाडी 

 |  मंगलबार, फागुन ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

vianetvianet

पेट्रोल, डिजेल बिक्रीका लागि एकाधिकार पाएको नेपाल आयल निगमले नै विद्युतीय गाडी खरिद गरेको छ।

triton college

पहिलो चरणमा निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ। बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ। निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो।

इन्धनको उच्च खपतलाई न्यूनीकरण गर्दै लैजानुपर्ने अहिलेको आवश्यकता रहेकाले विद्युतीय गाडी खरिद गरिएको निगमले जनाएको छ। निगमका उपनिर्देशक मनोज ठाकुरले इन्धनको खपत घटाउनुपर्ने अहिलेको आवश्यकता भएकाले उदाहरणस्वरुप निगमले नै विद्युतीय गाडी किनेको बताए।

केन्द्रीय कार्यालयका लागि गाडी प्रयोगमा आउने उनले बताए। 'पेट्रोल, डिजेलको खपत घटाएर अब विद्युतीय सवारीको प्रयोग बढाउने नीतिअनुरुप हामीले नै गाडी खरिद गरेका हौं' उनले भने। साथै आउने दिनमा निगमका पेट्रोल/डिजेल सवारीलाई समेत विद्युतीयमा रुपान्तरण गर्ने अवसरको खोजीमा रहेको उनले बताए।

बीवाईडीका लागि नेपालमा रहेको आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय गाडी अल न्यू ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरसम्म यात्रा गर्न सकिने बताइन्।

National life insurance

विद्युतीय गाडीको प्रयोग गरी पेट्रोलियम पदार्थमाथिको निर्भरता हटाउन सके मुलुकको ब्यापार घाटामा समेत राहत मिल्ने उनले बताइन्। उनले भनिन् ‘आयल निगमले नै विद्युतीय गाडी प्रयोग गर्न थाल्नुले राम्रो सन्देश जानेछ, नेपालमा विद्युतीय सवारीको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ।
 

प्रकाशित: Mar 14, 2023| 20:30 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्