आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जगदम्बा स्टील्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ द्वारा सम्वत बस्नेत पुरस्कृत

जगदम्बा स्टील्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ द्वारा सम्वत बस्नेत पुरस्कृत

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ।

National life

इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औं वार्षिक उत्सवको अवसरमा २०७९ फागुन २९ गते सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद रु.५१,००० समावेश छ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्रो. शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका अप्रेसन एण्ड मार्केटिङ डाइरेक्टर रवी प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।

यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो। सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन्।
 

प्रकाशित: Mar 14, 2023| 19:30 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्