मंगलबार, चैत १४, २०७९

हायातको ग्राउण्ड तताउन आउँदैछन् हनी सिंह

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- चर्चित भारतीय हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्। सिंह चैत २५ गते काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् ।

National life insurance

युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै  मूल्य सम्बन्धी जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए। ‘साधारण टिकटको १ हजारदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँ भन्दा बढी हुन सक्नेछ। अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने,’ प्रि बुकिङका लागि सम्पूर्ण टिकट इ-सेवाबाट प्राप्त गर्न सकिन्छ।'

सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए । युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए। ‘नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ । चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्त गर्दै श्रेष्ठले भने ।

सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन् ।

सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन् । सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन् ।
 

worldlink

प्रकाशित: Mar 14, 2023| 02:42. 00 मंगलबार, फागुन ३०, २०७९

थप समाचार

गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।